फिल्म रातो टिका निधारमा रिलिज भएको १ बर्ष भन्दा बढी समय भयो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मको छायांकनमा आफूलाई फर्काएकी थिइनन् । फिल्म रिलिज भएको केही महिनापछि नै लकडाउन भयो । करिब १० महिना नेपाली फिल्म क्षेत्र शुन्यमा थियो । अब भने फिल्म क्षेत्र चहलपहल हुन थालेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि फिल्मको सेटमा फर्किएकी छिन् । उनको मुख्य भूमिका रहने फिल्म तिम्रो मेरो साथको छायांकन सोमबारदेखि सुरु भएको छ । रमेश एम के पौडेलको कथा, लगानी, निर्देशनमा तयार हुने फिल्ममा उनको साथमा पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको अभिनय छ ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् । चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा योगेश काजीको संगीत छ । चलचित्रको छायांकन सेटमा फर्किन पाउँदा साम्राज्ञी उत्साहित देखिएकी छिन् । यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने निर्माणपक्षले बताएको छ ।

For More videos Log on to Mazzako TV