फिल्म छक्का पन्जा ३ ले युटुबमा पनि नयाँ रेकर्ड कायम गरेको छ । अभिनेता अनमोल केसीको ए मेरो हजुरले बनाएको रेकर्डलाई यो फिल्मले तोडेको हो । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ए मेरो हजुर ३ ले युटुबमा १९ दिनमा १ करोड भ्यूज बटुल्दै सर्वाधिक चाडो भ्यूज पाउने फिल्मको रेकर्ड बनाएका थियो ।

तर, छक्का पन्जा ३ ले यसलाई तोडेको छ । सार्वजनिक भएको १७ दिन ३ घन्टामा यो फिल्मलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । दिपकराज गिरीको निर्माणमा तयार भएको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ । दर्शकले यो फिल्मलाई युटुबमा पनि रुचाएका छन् ।

For More videos Log on to Mazzako TV