निर्माता माधव वाग्लेले प्रोजेक्ट पारस छाडेका छन् । यो फिल्मको निर्देशन आफै गर्नेगरि उनी अघि बढेका थिए । फिल्मका लागि उनी अभिनेता अनमोल केसीलाई अफर गर्न पुगे । तर, कथा मन परेपछि निर्माता भूवन केसीले फिल्म आफै बनाउने प्रस्ताव गरेका थिए ।

माधव र भूवनको टिममा यो फिल्म बन्ने प्रक्रिया अघि बढेको थियो । तर, अब भने माधवले यो फिल्मको सम्पूर्ण अधिकार भूवन केसीलाई दिएका छन् । अब, फिल्ममा उनको कुनै पनि खालको भूमिका हुने छैन । फिल्ममा अभिनेता अनमोल केसीले काम गर्दैछन् । फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्ने चर्चा छ ।

फिल्मका लागि अभिनेत्रीहरुको अडिसन पनि भएको छ । तर, कलाकार फाइनल गरिएको छैन । निर्माता वाग्लेले भूवन केसीले फिल्मको कथा चलाएपछि आफूले छाडेको प्रतिक्रिया दिएका छन् ।

For More videos Log on to Mazzako TV