अभिनेता कर्माले आफू स्टार बन्नका लागि फिल्म क्षेत्रमा नआएको तर्क अघि सारेका छन् । कर्माको फिल्मले हलमा राम्रो व्यापार गरिरहेका छैनन् । उनको चर्चा पनि फिल्म क्षेत्रमा कम हुने गर्दछ । तर, आफू खुशी रहेको कर्माको भनाई छ ।

कबड्डी ३ हिट भएपछि कर्मा लामो समयदेखि मिडियामा हराए । तर, उनले आफू फिल्म क्षेत्रमा काम गर्न आएको र कलाकार बन्न आएको बताएका छन् । दर्शकले फरक फरक स्वादका फिल्ममा आफ्नो फरक फरक भूमिका हेर्न पाउन् भनेर नै आफूले काम गरिरहेको उनको तर्क छ ।

तर, आफूलाई स्टारडममा विश्वास नलाग्ने पनि उनले बताए । उनले, फिल्म सानो संसारको गेटअप आजसम्म पनि आफूले राखेर काम गरेको भए आफ्नै लागि त्यो पट्यारलाग्दो हुने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV