फिल्म रेड वाइनको नाम परिवर्तन भएको छ । यो फिल्मको नाम अब तिम्रो मेरो साथ राखिएको छ । फिल्मको छायांकन शुक्रबारदेखि सुरु हुँदैछ । फिल्मको छायांकन सुरु नहुँदै यसको नाम परिवर्तन गरिएको हो । रमेश एम के पौडेलको निर्देशन, निर्माण, कथामा यो फिल्म बन्दैछ ।

फिल्ममा सविर श्रेष्ठको पटकथा तथा संवाद रहनेछ । फिल्म लभ स्टोरी कथामा निर्माण हुने भनिएकाले फिल्मको नाम पनि लभ स्टोरी झल्को आउने राखिएको छ ।

यो फिल्ममा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको मुख्य भूमिका रहनेछ । फिल्ममा सन्दिप क्षेत्री, खबपु, इमिली लामाको पनि मुख्य भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV