अभिनेता पुष्प खड्का छायांकन सकिएको फिल्म कृष्णलीलाबाट आशावादी देखिएका छन् । फिल्मको छायांकन ४४ दिनमा सकिएको छ । झापा, इलाममा यो फिल्म खिचिएको छ । फिल्मको छायांकन सकेर आइतबार मात्र राजधानी आएका पुष्पले यो फिल्मबाट आफू आशावादी रहेको बताए ।

उनले, फिल्मका लागि आफूले नसुती नसुती काम गरेको पनि बताए । ४० दिन देखि सुतेको छैन, पुष्पले भने । पुष्सँगै फिल्ममा श्रद्धा क्षेत्री, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

यो फिल्म हेरिसकेपछि दर्शकले आफ्नो कामको मुल्यांकन गर्ने पुष्पको भनाई छ । पुष्पको व्यस्तता अहिले निकै बढेको छ । उनी शुक्रबारदेखि नयाँ फिल्मको छायांकनमा पनि व्यस्त हुँदैछन् ।

यो फिल्म हेरिसकेपछि दर्शकले आफ्नो कामको मुल्यांकन गर्ने पुष्पको भनाई छ । पुष्पको व्यस्तता अहिले निकै बढेको छ । उनी शुक्रबारदेखि नयाँ फिल्मको छायांकनमा पनि व्यस्त हुँदैछन् ।.

For More videos Log on to Mazzako TV