चर्चित गायिका ईन्दिरा जोशीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । आईतबार गायिका जोशीले आफ्नै युट्युव च्यानल मार्फत ‘बेग हानी गाको’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । उक्त गीतमा जोशीको स्वर रहेको छ भने शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

गीतको भिडियोलाई स्वयम् जोशीले नै निर्माण गरेकी छिन् । त्यस्तै भिडियोमा इन्दिरा र कर्माको अभिनय रहेको छ । गीतमा अन्तरजातीय प्रेम कथामा आधारित गाउँको परिवेश देखाइएको छ । गीतको अडियो र भिडियो दुबै बलियो छ । एलेन श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । शिवराम श्रेष्ठ डिओपी रहेको भिडियोका लोकेश बज्रचार्य सम्पादक हुन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV