जिन्दगीमा शिक्षाको महत्व धेरै नै छ । शिक्षाले मानिसलाई सफलताको बाटोतिर डोहो¥याउद्छ । तर, कनुै पनि क्षेत्रमा सफलताको लागि किताबी ज्ञान मात्र जरुरी नहुन पनि सक्छ । सम्बन्धित क्षेत्रप्रतिको लगाव र मेहनतले पनि धेरै मानिसहरु सफल भएका छन, भलै उनीहरुसँग किताबी ज्ञान वा सर्टिफिकेट छैन होला । यहि कुरा ग्ल्यामर बिजनेसमा पनि केहि सेलिब्रिटिलाइ लागु हुन्छ ।

कुरा गरौ बलिउडको । बलिवुडका केहि यस्ता हस्ती छन् जसले ग्ल्यामर फिल्डमा नाम कमाउनकै लागि स्कुल र कलेज बिचमै छाडेका थिए । आम दर्शकमा यि महान हस्तीको लाइफ स्टाइल देखेर उनीहरुको पठनपाठन बिदेशमा भएको भन्ने भ्रम रहदै आएको छ,तर उक्त कुरामा सत्यता छैन ।

धेरैजसो बलिवुडका सुपरस्टारहरुले पढेका छैनन् । तर सँगै यस्ता सुपरस्टार पनि छन् जो निकै अध्ययनशील छन् । अमिताभ बच्चन, अमिसा पटेल, जोन इब्राहिम, आयुष्मान खुराना, सोनम कपूर पढेलेखेका सेलिब्रेटीमा पर्दछन् ।

करिश्मा कपुर

Karishma Mazzakoonline

कपुर खानदानकी सुपुत्री करिश्मा कपुर त्यो स्टारमा पर्छिन जस्को पढाईलेखाई निकै कम छ । करिश्माले मुम्बाइको एक स्कुलमा पढदै थिइन्,तर उनले छैटौ कक्षादेखि पढाईलाई माथी लान सकिनन् । तरपनि, उनको फिल्मको करियर एकदमै राम्रो रहयो । उनले धेरैनै सुपरहिट फिल्महरु दिएकी छन् ।

क्याट्रिना कैफ

Katrina Mazzakoonline

बलिवुडकी राम्री नायिका क्याट्रीना कैफ पनि कम पढेका कलाकारको लिष्टमा पर्दछिन् । सानै उमेर देखि मोडलिङ मा ब्यस्त हुनाले साथै परिवारसँग धेरै ठाँउहरुमा बसाईसराई गरिरहनु पर्ने भएकाले पनि उनले पढाईलाई निरन्तरता दिन सकिनन् ।

आमिर खान

Amir Khan

मिस्टर पर्फेक्सनिष्टको रुपमा चिनिएका आमिर खान हिन्दी सिनेमामा ठुलो नाम कमाएका छन् । तर पढाइमा भने उनको पर्फेक्टनिस्ट नेचर लागु नभएको देखिन्छ । मुम्बाईको नरसी मोनजी कलेजबाट जसोतसो १२ कक्षा भने उनले पास गरेका हुन । पढाइमा कम रुचि राख्ने आमिर बडो मुश्किलले क्लास अटेन्ड गर्दथे ।

काजोल Kajol Mazzakoonline

एक्टिङमा सानै देखि बिषेश रुचि राख्ने काजोलले सेन्ट जोसेफमा पढाइ पुरा नगरी छाडेकी थिइन् । उनि कहिले पनि हाइस्कुल गएकी छैनन् । उनले १७ बर्षको उमेरमा बलिवुडमा इन्ट्री गरेकी हुन् । १९९२ मा रिलिज भएको ‘बेखुदी’ उनको डेब्यु फिल्म हो ।

सलमान खान

Salman Mazzakoonline

सलमान खानले ग्वालियर र मुम्बाइको हाइ स्कुलमा पढेका थिए । तर ‘सल्लु’ले कलेजको पढाइ कहिले पनि पुरा गर्न सकेनन् । बान्द्राको नेशनल कलेजमा एड्मिसन त लिए तर उनले कलेज बीचमै ड्रप गरेका थिए ।

For More videos Log on to Mazzako TV