अभिनेत्री रीमा विश्वकर्माले बिहे गरेको २ बर्षमै उनको डिभोर्स भयो । डिभोर्स भएपछि सिंगल जीवन जिउँदै आएकी रीमालाई बेला बेलामा बिहे कहिले गर्ने भनेर प्रश्न आउँछ । उनले इन्स्टाग्राममा फ्यानसँग कुरा गर्ने मेसो गरिन् । फ्यानलाई प्रश्न राख्न पनि भनिन् । एक जना फ्यानले बिहे कहिले गर्ने भनेर सोधे ।

जसमा रीमाले बिहे नगर्दैमा नमरिने जवाफ दिएकी छिन् । उनले, हतारमा सम्बन्धमा रहनु ठिक नभएको पनि तर्क गरेकी छिन् । यस्तै, उनले बिहेको फैसलालाई समयसँगै छाडिदिएको पनि उल्लेख गरेकी छिन् । वि.सं २०७२ सालमा बिहे गरेकी रीमाको २ बर्षपछि ब्रेकअप भएको थियो ।

उनका पूर्वपतिले बिहे गरीसकेका छन् । रीमाले भने आफू तत्काल बिहेको सोचमा नरहेको बताएकी छिन् । रीमा टेलिभिजन रियालिटी शो होस्ट गर्नमा व्यस्त छिन् ।

For More videos Log on to Mazzako TV