अभिनेता पल शाहले आफूहरुले लकडाउन पूर्ण रुपमा नसकिएको समयमा पनि भिडियो बनाउने जोखिम मोल्दा अहिले माहोल बनेको बताएका छन् । पलले लकडाउन पूर्ण रुपमा नसकिदै सरकारले लुज डाउन घोषणा गरेको बेलामा ए है माया बोलको गीतमा अभिनय गरेका थिए । यो गीतपछि नेपाली म्यूजिक भिडियो निर्माण लकडाउनपछि ह्वात्तै बढेको थियो ।

पलले आफ्नो कारणले मात्र धेरैको पेट पालिन्छ भन्न नखोजेको बताउँदै आफूहरुले जोखिम मोल्दा अहिले माहोल बनेको बताए । दिनमा १० वटा भिडियोको छायांकन हुँदा आफूले एउटामा मात्र काम गरेको भन्दै पलले आफूहरुले सुरुवात गर्दा माहोल बनेको र अहिले सहज भएको बताएका हुन् ।

अभिनेता पल शाहलाई धेरै भिडियो खेलेको आरोप पनि लाग्ने गरेको छ । त्यसमाथि एउटा अभिनेता भएर यतिकै भाइरल भएका मात्रसंग पनि भिडियो गर्नाले क्रेज घट्ने धेरैले भन्न थालेका छन् । तर, पलले लकडाउनपछि मनोरञ्जनको साधन केही नभएको बेलामा दर्शकले म्यूजिक भिडियो हेरेर मनोरञ्जन लिइरहेको बताएका छन् ।

For More videos Log on to Mazzako TV