चलचित्र संघमा नकिम उद्धिन, होला त प्रर्दशनमा पारदर्सिता हरेक दिन ?
सिनेमा हल सञ्चालकहरुको छाता संगठन चलचित्र संघको नयाँ नेतृत्व चयन भएको छ । सर्वसम्मतबाट चलचित्र संघको नव अध्यक्षमा नकिम उद्धिन चयन भएका छन् । वैशाख २७ गते बसेको ४२ औं बार्षिक साधारण सभाले उद्धिनलाई संघको १२ औं अध्यक्ष पदमा चयन गरेको हो । अध्यक्षको रुपमा उनी आगामी तीन बर्षको लागि उनी निर्वाचित भएका हुन् ।
उनको नेतृत्वमा सर्वसम्मतबाटै बाँकी १४ वटा पद सहितको नयाँ कार्यसमिति पनि चयन भएको छ । ललितपुरमा आज सम्मन्न भएको ४२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
‘परम्परागत शैलीभन्दा माथि उठेर कार्यसम्पादन गर्नेछु’, अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि उनको प्रतिक्रिया यस्तो छ । चलचित्र संघलाई सिष्टममा लैजाने उनले बताएका छन् । संघको गतिविधिलाई इन्टरनेटको माध्यमबाट सार्वजनिक जानकारी गराईने उनले बताएका छन् । नकिम क्यु एफ एक्स सिनेमाका चेयर मेन हुन् ।
३ उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षको गरी बाँकी ६ पदमा भने वैशाख २८ गते आईतबार बस्ने नव निर्वाचित कार्य समितिको बैठकले चयन गर्नेछ ।
चलचित्र संघको ४२ औ वार्षिक साधारण सभालाई मुख्य सचिव लिलामणी पौडेलले उद्घाटन गरेका थिए । ‘सहकार्य गर्न सकेमा फिल्म क्षेत्र फस्टाउन सक्ने क्षेत्र हो । फिल्म क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ ’ मुख्य सचिव पौडेलको भनाई यस्तो थियो ।
सर्वसम्मत रुपमा चयन भएको चलचित्र संघको नयाँ कार्यसमिति यस्तो छ ।
अध्यक्ष : नकिम उद्धिन
देवेन्द खड्गी : कार्यसमिति सदस्य
अशोक शर्मा : कार्यसमिति सदस्य
अर्जुन श्रेष्ठ : कार्यसमिति सदस्य
निरज पौडेल : कार्यसमिति सदस्य
मधुसुदन प्रधान : कार्यसमिति सदस्य
गोविन्द श्रेष्ठ : कार्यसमिति सदस्य
नारायण प्रसाद शर्मा : कार्यसमिति सदस्य
वीरेन्द नारायण श्रेष्ठ : कार्यसमिति सदस्य
मिजास पोखरेल : कार्यसमिति सदस्य