फिल्म ए मेरो हजुर ४ को बाँकी रहेको छायांकन सुरु गरिएको छ । लकडाउन अगाडि चैत्रमा यो फिल्म खिचिएको थियो । तर, लकडाउन हुनु भन्दा केही दिन अगाडि कोरोनाको केस बढेको भन्दै सिनेमाको काम रोकिएको थियो ।

यो बर्षको दशैंमा यो सिनेमा रिलिज गर्ने तयारी थियो । तर, छायांकन नै हुन नपाएपछि सिनेमाको रिलिज हुन सकेन । अब, भने यो सिनेमाको छायांकन सुरु गरिएको छ । सिनेमाको निर्माणपक्षले घटस्थापनाबाट सिनेमाको काम सुरु गरेको हो । निर्माता सुनिलकुमार थापाका अनुसार, फुलपातीसम्म फिल्मको काम हुनेछ ।

यसपछि केही दिन ब्रेक लिएर फेरि बाँकी काम गरिनेछ । झरना थापाले निर्देशन गरिरहेको यो सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV