लामो समयदेखि निर्माण हुने भनेर चर्चा भएपनि काम सुरु हुन नपाएको सिनेमा आई एम ट्वान्टी वानको काम सुरु भएको छ । घटस्थापनाबाट फिल्मको छायांकन सुरु गरिएको हो । रेनशा वान्तवा राइको निर्देशनमा तयार हुने यो सिनेमामा धिरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा छन् ।

सिनेमा आई एम ट्वान्टी वानलाई डान्सको कथामा निर्माण गर्ने तयारी गरिएको छ । यो सिनेमाको घोषणा भएको २ बर्ष भयो । सिनेमा आई एम ट्वान्टी वानको छायांकन विभिन्न सेड्यूलमा हुनेछ । दशैंको फुलपातीसम्म काम गरेर पूर्णिमापछि फेरि काम सुरु हुनेछ ।

सिनेमाको छायांकन काठमाण्डौ र धरानमा हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV