गायिका मेलिना राई र गायक प्रताप दासको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कहिले भन्थ्यौ डियर’ बोलको गीतको म्युजिक भिडियो युटुबमा रिलिज भएको हो । घनश्याम ओलीको शब्द रहेको गीतमा लोकप्रिय संगीतकार बसन्त सापकोटाको संगीत रहको छ । महाराज थापा गीतका एरेन्जर हुन् ।

सार्वजनिक भिडियोमा सहिन प्रजापति, कुशल बिष्ट, जुना सुन्दास र बिना राउतको अभिनय छ । गीतको भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्षले पनि मन छुन्छ । नवराज उप्रेतीले खिचेको भिडियोका अर्जुन पोख्रेल सम्पादक हुन् । भिडियोमा कन्सेप्ट तथा निर्देशन सहिन प्रजापतिको छ ।

For More videos Log on to Mazzako TV