गायिका मून प्रसाईको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘एउटा सपना’ बोलको गीतको भिडियो ‘इन्ट्रो नेपाल’ युटुब च्यानलमा सार्वजनिक भएको हो । गीतमा शब्द संगीत लोकप्रिय गायक तथा संगीतकार पुष्पन प्रधानको रहेको छ । संचारकर्मी समेत रहेकी मून र संगीतकार पुष्पनको यसपछि पनि सहकार्य रहने गायिका मूनले बताईन् । गीतमा जोन्नी तामाङको संगीत संयोजन रहेको छ ।

गीतको अडियो निकै मज्जाको बनेको छ, भने भिडियोले पनि गीतलाई न्याय गरेको छ । सार्वजनिक म्युजिक भिडियो गायिका मून आफै प्रस्तुत भएकी छिन् । भिडियोलाई कमल प्रसाईले छायांकन, सम्पादन तथा रंग संयोजन गरेका हुन् । कमल पछिल्लो समय बिभिन्न डकुमेन्ट्री छांयाकन र सम्पादनमा ब्यस्त छन् ।

For More videos Log on to Mazzako TV