अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा गसिपमा रमाइरहेका छन् । उनीहरु प्रेममा छन् र बिहे समेत गर्दैछन् भन्ने चर्चा नसुनिएको होइन । तर, अभिनेता आकाशले भने बिहेको हल्लालाई पूर्ण विराम लगाइदिएका छन् । मिडिया कुराकानीका क्रममा आकाशले आफू र पूजाले केही फिल्ममा काम गर्न लागेको भन्दै कहाँ बिहे गर्नु भनेर जवाफ दिएका छन् ।

आफ्नो जन्मदिनमा फ्यानले बिहे उत्सव जस्तो माहोल बनाइदिएको भन्दै आकाशले धन्यवाद ज्ञापन गरेका छन् । उनले , आफूले यस्तो माहोल देख्दा यस्तो होला भनेर कहिले पनि कल्पना नगरेको पनि आकाशले बताए । आकाशले आफू र पूजाले लगातार काम गरेकाले पनि प्रेम र बिहेको हल्ला चलेको हुनसक्ने बताए ।

आकाश अहिले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनी र पूजाविचको प्रेम सम्बन्धको चर्चा चलेको लामो समय भैसक्दा पनि उनीहरुले स्विकार भने गरेका छैनन् ।

For More videos Log on to Mazzako TV