अभिनेता हसनराजा खानले निर्माण तथा अभिनय गरेको सिनेमा ‘रोमियो’ औषत चल्यो । फिल्म रिलिजपछि हसन दुबइतर्फ लागे । उनले, चाडै नै फिल्ममा काम गर्ने बताएका छन् । तर, उनी अहिले भने युटुबमार्फत आफ्नो भनाई राख्न थालेका छन् । नेपालमा बलात्कारको घटना बढीरहेको बिषयमा कलाकारहरुले आवाज उठाइरहेका छन् ।

अब, हसनले पनि नेपालका गम्भिर बिषयमा आवाज उठाउने बताएका छन् । दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए । हसनले नेपालमा बढ्दै गएको बलात्कारको बिषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए । उनले भने–‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौ ।

आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’ हसनले आफूमाथि हुने शोषणको बिषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको बिषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए । उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् ।

For More videos Log on to Mazzako TV