यसपालिको दशैमा रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’ को गीत सार्वजनिक भएके छ । बुधबार ‘फुरफुर पुतली’ बोलको गीत युटुबमा सार्वजनिक गरिएको हो । डासिन्ङ्ग नम्बर गीतमा नायक सलोन बस्नेत र मोडल रियाशा दाहाल प्रस्तुत छन् ।

मान्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वरहेको गीतमा विपिन आर्चायको संगीत छ । गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् । समिर मियाँले निर्देशन गरेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । फिल्ममा जाहन्वी दोहोरो भूमिकामा देखिँदैछिन् ।

सलोन सलिना फिल्मस्को ब्यानरबाट निर्माण भएको फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV