अभिनेत्री वर्षा सिवाकोटी अमेरिकाबाट फर्किएको पनि केही दिन भयो । उनी अमेरिकाबाट आएको २० दिन भैसक्दा पनि उनलाई अमेरिकामा प्रेमी सविनजंग थापासँग बिताएका दिनहरु भने याद आइरहेको छ । सविनसँग एक महिना समय बिताएर वर्षा नेपाल आएकी थिइन् । सविनलाई भेटेपछि वर्षाको प्रेमको भाषा पनि बदलिएको छ ।

वर्षाले माया गर्नका लागि कसैले पनि आफ्नो अनुभवलाई घृणा गर्न नसक्ने उल्लेख गरेकी छिन् । उनले आफूलाई अझै बढी विश्वास गर्न पनि आग्रह गरेकी छिन् । वर्षाका अनुसार खुशीको रहस्य पनि यही नै हो । वर्षा यतिबेला सिनेमा परदेशी २ को काममा व्यस्त छिन् । उनले, २ बर्ष भित्र प्रेमीसँग बिहे गर्ने पनि उल्लेख गर्दै आएकी छिन् ।

For More videos Log on to Mazzako TV