फिल्म सम्हालिन्छ कहिले मनले यो बर्षको तीजमा रिलिज मिति तोकेको थियो । सुदर्शन थापा निर्देशित यो फिल्मको रिलिज पहिले नै हुनुपर्ने हो । तर, काम रोकिएला फिल्मको रिलिज हुन सकेन । यो बर्ष पनि कोरोनाका कारण फिल्मको रिलिज मिति फेरि धकेलियो ।

फिल्मको रिलिज मिति रोकिएपछि यो फिल्मको डबिङ कार्य भने सुरु गरिएको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा धमाधम फिल्मको डबिङ गरिरहेका छन् । विगत २ दिनदेखि फिल्मको डबिङ भैरहेको छ ।

बेलायतमा खिचिएको यो फिल्ममा सोनम तोप्देनको पनि मुख्य भूमिका छ । फिल्मलाई चाडै रिलिज गर्ने तयारी गरिएको निर्देशक थापा बताउँछन् । तर, फिल्म क्षेत्र सुनसान भएको समयमा कलाकारले यो फिल्मको डबिङ गरेर काम सुरु भएको सन्देश दिएका छन् ।

For More videos Log on to Mazzako TV