गतबर्षको फागुण ३० गते रिलिज हुने भनिएको फिल्म म यस्तो गीत गाउँछु २ कोरोनाका कारण रिलिज हुन सकेन । सिनेमा रिलिज नभएपनि यो फिल्मका गीतहरु पनि चर्चामा छन् । यो फिल्ममा समावेश तिम्रो घरको वरिपरी सर्वाधिक चर्चामा रह्यो ।

यो गीतका कारण पनि सो समयमा सिनेमाले राम्रो व्यापार इनिसियल रुपमा गर्न सक्छ भन्ने अड्कल काटिएको थियो । तर, सिनेमा रिलिज हुन सकेन । सिनेमाको यो गीत सार्वजनिक भएको एक बर्ष भयो । गीत रिलिज भएको एक बर्षमा यसलाई २ करोड भ्यूज मिलेको छ । दर्शकले यो गीतलाई अत्याधिक मात्रामा रुचाएका छन् । सोनम तोप्देन र अस्मिता अधिकारीको यो गीतमा स्वर छ ।

अर्जुन पोखरेल सिनेमाका संगीतकार हुन् । यो सिनेमाको गीत हिट भएपनि सिनेमा चल्ने कहिले हो भन्ने पक्का भएको छैन । म यस्तो गीत गाउँछु २ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सिनेमामा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV