अभिनेत्री वर्षा राउत म्यूजिक भिडियो खेलिरहेकी छिन् । तर, उनले म्यूजिक भिडियो धेरै खेलेकी भने होइनन् । लकडाउन अगाडि वर्षाले काम गर्न तयार भएका २ फिल्म थिए । २ नम्बरीको त छायांकन नै सुरु भैसकेको थियो । के घर के डेराको पनि घोषणा भएको थियो । तर, दुबै फिल्मको काम रोकियो ।

लकडाउन भएपछि फिल्मको अवस्था के होला भन्ने थियो । कलाकारहरुले काम पाउलान् कि नपाउलान् भन्ने थियो । तर, लकडाउनको समयमा अधिकांश कलाकारलाई फिल्मको अफर गैरहेको छ । नाम चलेका कलाकार आधा दर्जन फिल्मको अफर आएको बताइरहेका छन् । तर, अभिनेत्री वर्षा राउतको हकमा भने यो लागु भएन ।

उनलाई विगत ७ महिनादेखि एउटा पनि फिल्मको अफर गएको छैन । वर्षाले पनि आफूलाई फिल्मको अफर नै नआएको बताएकी छिन् । वर्षालाई फिल्मको अफर नजानुको कारण के हुनसक्छ ? लकडाउनको समयमा राष्ट्रियताको बिषयमा दिएको विवादस्पद बयान नै मुख्य कारण हो त ?

For More videos Log on to Mazzako TV