Tiger The real Hero Mazzakoonline

शुभेच्छा इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको फिल्म ‘टाईगर द रियल हिरो’को प्रोमो सार्बजानिक गरिएको छ । निकै नै डर लाग्दो शैली भएको ४९ सेकेन्डको प्रोमोमा प्रमुख कलाकारलाई फोकस गरिएको छ । चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् ।

हाल पोस्ट प्रोडक्सनमा रहेको यस फिल्मलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन् । फिल्ममा शुभेच्छा थापा, अशोक फुयांल, समिक्षा रानाभाट, सुरज रानाभाट, उत्तम केसी लगायतको अभिनय देख्न पाइने छ । चलचित्र ‘टाईगर द रियल हिरो’को यस अघि ‘होला र मिलन’ बोलको गीत सर्बजानिक भैसकेको छ ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहेको छ । चलचित्रलाई मुकेश हुमागाँइले खिचेका हुन भने चलचित्रमा द्वन्द निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्म यहि बर्षको साउन २३ गते प्रदर्शनमा आउदै छ ।

For More videos Log on to Mazzako TV