निर्देशक नवल नेपाल वेब सिरिज निर्देशनमा लागेका छन् । लकडाउनअघि उनी नयाँ फिल्मको तयारीमा थिए । लकडाउनको समयमा वेब सिरिजको कथा तयार पारेर ‘दिल चुप छ’ वेब सिरिजको निर्देशन गरेका हुन् । निर्देशक नेपाल पारिवारिक र प्रेमकथामा आधारित फिल्म बनाउन माहिर मान्निछन् ।

१६ भागको सिरिजको ७ भाग छायांकन सकिएको छ । अब बाँकी ९ भागको छायांकन केही दिनमा सुरु हुने निर्देशक नेपालले बताए । सिरिजको छायांकन सकिएपछि उनी फिल्मको तयारीमा लाग्ने छन् । लकडाउनको समयमा उनले दुई फिल्मको कथा पनि तयार पारेका छन् । ‘भाग् सानी भाग्, श्रीमान, महशुस, लज्जा, मंगलम, मारुनी’ जस्ता फिल्मका निर्देशक हुन् नवल नेपाल ।

पारिवारिक प्रेमकथामा नवलले तयार गरे ‘दिल चुप छ’

फिल्म, सिरिज वा टेलिसिरियललाई आफूले एउटै रुपमा हेर्ने गरेको उनले बताए । फिल्म हेर्न हलमा जान नसकेको अबस्थामा तिर्खा मेटाउन सिरिजको सहारा लिएको उनको भनाई छ । पारिवारिक प्रेमकथामा आधारित ‘दिल चुप छ’ मा महेश खड्का, रिस्ता अधिकारी, सरोज खनाल, सूर्यमाला खनाल लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV