चलचित्र संघले पौष १० गतेबाट फिल्म हल खोल्ने निर्णय गरेको छ । सरकारले फिल्म हल खोल्ने निर्णय नगरेपछि वाध्य भएर व्यवसायीक सुरक्षाका लागि हल खोल्ने निर्णय गरिएको चलचित्र संघले बताएको छ ।

चलचित्र संघका आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मधुसुदन प्रधानले एकतर्फी हल खोल्ने निर्णय गरिएको र सरकारले बल प्रयोग गरेको खण्डमा गिरफ्तारी दिन पनि तयार भएको उल्लेख गरे । यस्तै, संघका महासचिव अशोक शर्माले सरकारले हल व्यवसायीहरुलाई उपेक्षा गरेको बताए ।

उनले, बारम्बार ताकेता गर्दा पनि सरकारले व्यवसायीको मर्कालाई नवुझेको उनको भनाई थियो ।विगत ९ महिनादेखि हल बन्द हुँदा २ अर्ब भन्दा बढी घाटा लागेको चलचित्र संघले बताएको छ । चलचित्र संघले हल खोल्ने एकतर्फी निर्णय गरेसँगै विभिन्न माग पनि सरकारसमक्ष राखेको छ ।

For More videos Log on to Mazzako TV