नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले विगत ९ महिनादेखि रोकिएको फिल्मको छायांकन सुचारु गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले फिल्मको छायांकन शर्तसहित गर्न दिने निर्णय गरेको हो ।

अब, फिल्मको छायांकन गर्न सरकारी तवरबाट पनि रोकतोक हुने छैन । तर, छायांकनमा जानु अघि फिल्मीकर्मीले भने पूर्व तयारी गर्नुपर्नेछ । उनीहरुले कोभिड १९ सम्बन्धी सम्पूर्ण सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्नेछ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि फिल्मको छायांकन रोकिएको थियो ।

तर, सरकारले अनुमती नदिएपनि केही फिल्मको छायांकन भने सुचारु भैसकेको थियो । अब भने सरकारले नै अनुमती दिएपछि फिल्म छायांकनका लागि पूर्ण रुपमा बाटो खुलेको छ । योसँगै फिल्मी गतिविधी बढ्ने अपेक्षा गर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV