अभिनेता आर्यन सिग्देलले लकडाउन खुलेपछि निर्देशक विशाल सापकोटाको फिल्ममा काम गर्ने तयारी गरेका छन् । यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । यसैले पनि आर्यन लामो समयदेखि काम नगरी बसिरहेका छन् । लकडाउनपछि कलाकारहरुले धमाधम म्यूजिक भिडियोमा काम गरिरहेको समयमा अब अभिनेता आर्यन सिग्देलले पनि भिडियोमै काम गर्ने भएका छन् ।

आर्यनले केही दिनको अन्तरमा २ वटा म्यूजिक भिडियोमा काम गरेका छन् । मिलन चाम्स र शान थापाको निर्देशनमा काम गरेका आर्यनले भिडियोलाई अगाडि बढाउने संकेत गरेका छन् । नेपालमा म्यूजिक भिडियोमा काम नगर्ने अभिनेतामा अनमोल केसी मात्र पर्छन् । अरु, कलाकारले भने भिडियोलाई आर्थिक लाभ गर्ने राम्रो माध्यम मानेका छन् ।

झन्, फिल्मको काम नहुँदा कलाकारको कमाई गर्ने मुख्य श्रोत भिडियो बनेको छ । आर्यनलाई दर्शकले पहिले भिडियोमा रुचाएका थिए । अब, आर्यनको खोजी भिडियोमा कसरी हुन्छ, हेर्न बाँकी छ ।

For More videos Log on to Mazzako TV