गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘चार कोठे मुटु’ बोलको गीतको भिडयो बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ ।

जुना फिल्म्सको ब्यानरमा निर्माण भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, दीपक लामा, कालु लामा, राजु श्रेष्ठ, तुलसा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव बरम, मोनालिसा खतिवडा, सबी डोटेल र रविन बखरेल फिचर्ड छन् । रुपेश तामाङको निर्देशन रहेको यस भिडियोमा दीर्घ खड्काको सम्पादन र इश्वर सिन्केमनाको छायांकन छ ।

For More videos Log on to Mazzako TV