बडा दशैको अबशरमा कार्तिक ७ गते फूलपातीमा रिलिज हुने फिल्म ‘लक्ष्मीपूजा’ को टिजर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सार्वजनिक भएको हो ।

फिल्मको टिजरबाट सस्पेन्स र रिभेन्ज कथा रहेको बुझ्न सकिन्छ । टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत प्रस्तुत छन् ।
समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV