अभिनेत्री पूजा शर्माले फरक फरक फिल्ममा अभिनेता पल शाह र आकाश श्रेष्ठसँग काम गरेकी छिन् । फिल्ममा मात्र नभएर म्यूजिक भिडियोमा पनि उनले काम गरेकी छिन् । तर, पूजाले आकाश र पलसँग एकसाथ काम भने काले केटा २ मा गरिन् ।

यो गीतको भिडियोमा एकसाथ देखिएका पल, पूजा र आकाशलाई हेर्न दर्शक पनि उत्साहित छन् । असोजको २२ गते गीत रिलिज हुनेछ । आखिर, पल र आकाशलाई पूजाको जोडी कोसँग बढी सुहाएको जस्तो लाग्छ होला त । यो बिषयमा पल र आकाशले आफ्नै तर्क गरेका छन् ।

तर, संगीतकार अर्जुन पोखरेललाई भने पल र आकाश पूजाका लागि २ आँखा लाग्छन् । २ आँखामा कुन राम्रो र कुन नराम्रो भन्न नमिल्ने उनले बताए । यो कुरामा आकाश र पलको पनि समर्थन छ ।

For More videos Log on to Mazzako TV