छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’ मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले फिल्मको निर्माण तथा निर्देशन गरेका हुन् । करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड र त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरलाई प्रस्तुत गरिएको छ ।

कुनै पनि निर्णय लिँदा हजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश फिल्मले दिने निर्देशक नेपालीले बताए । आत्महत्या दर दिनहुँ बढ्दो छ । ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोँच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने–‘मैले भन्न खोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन् ।’

चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा निर्देशक रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV