अभिनेत्री साम्राज्ञी आरएल शाहले नयाँ सिनेमा साइन गरेकी छिन् । उनले निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा साइन गरेकी हुन् । मिलनले साम्राज्ञीले रेड वाइन सिनेमा साइन गर्नु अगाडि नै उनलाई सिनेमाका लागि साइन गरेका थिए ।

यो सिनेमा लभ स्टोरी कथामा बन्नेछ । यो सिनेमाका लागि नयाँ अभिनेता लिने उनको तयारी छ । यसका लागि अडिसन लिने उनले बताएका छन् । चाम्सले लकडाउनपछि फिल्म घोषणा गरिरहेका छन् । उनले सिनेमाको काम कहिलेबाट सुरु गर्छन् पक्का छैन । तर, सिनेमा घोषणा गर्न पनि उनले छाडेका छैनन् ।

For More videos Log on to Mazzako TV