नायिका श्रेया दुलालले निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन् ।

माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन, अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर, दिपक घिमिरे, सुष्मा धमलाको फिचरिङ रहेको छ ।

For More videos Log on to Mazzako TV