अभिनेता शिव श्रेष्ठले फेरि धमाधम फिल्म खेल्न थालेका छन् । सिनेमा बागमती असफल भएपछि शिवले सिनेमा केही समय खेलेनन् । तर, अहिले उनी धमाधम सिनेमा साइन गरिरहेका छन् । शिवले अभिनय गरेको एउटा यस्तो प्रेम कहानि सिनेमा बन्दा बन्दै रोकियो । यो सिनेमा बन्छ भन्ने अपेक्षा अब धेरैलाई छैन । सिनेमा प्रेमगीत ३ सिनेमामा शिवको भूमिका प्रतिक्षामा छ ।

राजाको भूमिकामा शिव देखिएका छन् । यो भूमिकाका लागि पहिले निर्माता सन्तोष सेनले अभिनेता राजेश हमाललाई अफर गरेका थिए । राजेशले सिनेमा खेलेनन् । सिनेमाको कुरा गर्दा शिवले सिनेमा लप्पन छप्पन २ मा पनि काम गरे । यो फिल्ममा उनको विशेष भूमिका छ । शिवले नै अभिनेता तथा निर्देशक आकाश श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ सिनेमा पनि साइन गरेका छन् । यसरी, हेर्दा पुरानो हिरो शिव श्रेष्ठले धमाधम सिनेमा साइन गरिरहेका छन् । तर, अभिनेता राजेश हमालले भने बागमती असफल भएपछि सिनेमा साइन गरेर खेलिहाल्ने आट गरेका छैनन् ।

For More videos Log on to Mazzako TV