यसअघि बनेको चलचित्र ‘सिंघम’को सिक्वेल ‘सिंघम २’ नाम राखेर बनाउने भन्ने जानकारी दिईएपनि अहिले आएर चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्रको नाम सिंघम २ को सट्टा ‘सिंघम रिटर्न्स’ राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Singam Returns Mazzakoonline
चलचित्रको खास कुरा के छ भने यो चलचित्रमा करिना कपुर र अजय देवगन जोडीको रुपमा देखा पर्नेछन् । यो जोडीले पछिल्लो पटक ‘गोलमाल रिटर्न्स’मा सँगै काम गरेको थियो । अजय र करिनाको भुमिका गम्भिर र कमेडी दुबैमा उत्तिकै रुचाईएको छ ।

चलचित्र ‘सिंघम रिटर्न्स’को निर्देशन रोहित सेट्टीले गरिरहेका छन् । यतिबेला चलचित्रको धमाधम सुटिङ्ग भईरहेको छ । अजयलाई लिएर विगतमा पनि रोहिटले निकै हिट चलचित्रहरु दिईसकेका छन् ।

रोहिटको हिट श्रंखलामा अर्को हिट चलचित्रको रुपमा ‘सिंघम रिटर्न्स’ हुने गरि चलचिमा मेहनत गरिदैछ। चलचित्र ‘सिंघम रिटर्न्स’ अगस्टमा रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV