अभिनेता पुष्प खड्काले लामो समयपछि नयाँ सिनेमा खेल्ने पक्का भएको छ । चालबाज नामक सिनेमाको काम केही प्रतिशत बाँकी छ । तर, अब उनी सिनेमा कृष्ण लिलामा काम गर्न तयार भएका छन् ।

यो सिनेमामा दिपक वलीको निर्देशन, लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेलको संगीत छ । यो सिनेमामा पुष्पले अभिनेत्री दीपिका प्रसाँईसँग काम गर्ने पक्का भएको हो । पुष्प र दीपिकाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । सिनेमामा वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने सिनेमामा रत्न श्रेष्ठको लगानी रहनेछ । सिनेमाको छायांकन असोज १५ गतेबाट सुरु हुने बताइएको छ । सिनेमालाई इलाम, तराइका विभिन्न जिल्लामा खिचिनेछ ।

For More videos Log on to Mazzako TV