अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले महंगो पारिश्रमिकमा रेड वाइन नामक सिनेमा साइन गरेको खुलेको छ । अभिनेत्री शाहको गत बर्ष रिलिज भएका २ वटा सिनेमा असफल भएका थिए । २ सिनेमा निरन्तर असफल हुँदा उनले पारिश्रमिक कम गर्छिन् कि के गर्लिन् भन्ने चर्चा चलेको थियो । तर, रेड वाइनका लागि भने उनले १२ लाख हारहारीको पारिश्रमिक वुझेको चर्चा छ ।

यो सिनेमाको छायांकन अमेरिकामा हुनेछ । अमेरिकामा फिल्म छायांकन हुने भएकाले पनि उनले अघिल्ला सिनेमाको भन्दा केही लाख कम पारिश्रमिक वुझेकी हुन् । सिनेमा रेड वाइनमा उनले अभिनेता पल शाहसँग काम गर्दैछिन् । सिनेमालाई रमेक एम के पौडेलले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV