दिप लिम्बूको आवाजमा रहेको ‘जिन्दगी यो’ बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । रमेश सुनुवारको संगित रहेको गीतमा बलराम समालको एरेन्ज रहेको छ । ताप्लेजुङको विभिन्न रमणीय स्थानमा छाँयङ्कन भएको भिडीयोमा प्रिन्स लिम्बू एन्जल र रिस्ता गुरुङको मुख्य अभिनय रहेको छ भने भुमीका लिम्बू, ईना राई, अनु तामाङ र विमला गुरुङले समेत साथ दिएका छ ।

भिडीयोको निर्देशन पदम श्रेष्ठले गरेका हुन नृत्य निर्देशन रोशनी मावोहाङ लिम्बूको रहेको छ । देउमान पालुङ्वा लिम्बूले क्यामारा चलाएका भिडीयोलाई खबर अफ नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

For More videos Log on to Mazzako TV