अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ । पल र साम्राज्ञीको जोडीलाई दर्शकले फिल्म रेड वाइनमा हेर्न पाउने भएका छन् ।

कोरोनाको अवस्था हेरेर अमेरिकामा दशैं र तिहारको विचमा छायांकन हुने फिल्म रेड वाइनलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । यो सिनेमामा सविर श्रेष्ठको स्क्रिप्ट छ । सिनेमा रेड वाइनमा अभिनेता सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।

यस्तै, फिल्ममा इमिली लामाको पनि मुख्य भूमिका रहनेछ । अमेरिकामा नै रहँदै आएका पासाङ लामा र आर्यन पौडेलको लगानी रहने सिनेमामा निरु भण्डारी सह निर्माताको रुपमा छिन् ।

For More videos Log on to Mazzako TV