अभिनेता आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने नयाँ फिल्म मुहुर्त गरिएको छ । सोमवार राजधानी मा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘हिड्दा हिड्दै’ को मुहुर्त गरिएको हो । नव नायिका रेखा शाहको पनि अभिनय रहने छ ।

मिलन आले मगर को निर्देशन रहने फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिने छ । नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका निर्देशक हुन् । शुसिल पंगेनीले लेखेको फिल्मका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने फिल्ममा बसन्त सापकोटाको संगीत रहनेछ ।

For More videos Log on to Mazzako TV