अभिनेता दिपकराज गिरीले सोमबार एउटा अभियान थालनी गरे । उनले, सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ती नदिएसम्म हरेक दिन बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाउन अपिल गरे ।

दीपकको यो अभियानमा धेरैले साथ । निर्देशक प्रदिप भट्टराइले पनि कुलमानको समर्थनमा यो अभियानमा साथ दिन अपिल गरे । उनले, नराम्रा पटक पटक आउने तर राम्रालाई एक पटक मात्र किन भनेर प्रश्न गरे ।

दिपकराज गिरीले बेलुकी ८ बजे मैनबत्ती बालेर कुलमानको समर्थन गर्दै उनको पुन नियुक्तीको माग गरे । तर, दिपकराज गिरी बोलिरहँदा अरु कलाकार भने मौन देखिएका छन् ।

For More videos Log on to Mazzako TV