गायक कमल खत्रीको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पानी पाउने’ बोलको गीतको म्युजिक भिडियो कमल खत्रीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सुमन योञ्जनको शब्द रहेको गीतमा कमल खत्रीकै संगीत ।

भिडियोमा दिपक घिमिरे, रियाश दहाल, बिशाल रेग्मीसंगै कमल खत्री पनि फिचर भएका छन् । नितिन चन्दले निर्देशन गरेको भिडियो निकै मज्जाको बनेको छ । रुपेश थापाले खिचेको भिडियोलाई निर्देशक नितिनले नै सम्पादन गरेका हुन् ।

बिशाल रेग्मीले भिडियो निर्माण गरेका हुन् । उनि स्वम पनि भिडियो मोडलको रुपमा पस्तुत भएका छन् । बिशालको अभिनय हेर्दा लाग्छ निकै सम्भावना बोकेका छन् ।उनि पेशाले एक ब्यबसायी पनि हुुन् ।

For More videos Log on to Mazzako TV