नेपाली फिल्मकी सुन्दर नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नीताले यसअगाडिका जन्मदिनमा कार्यक्रम आयोजना गर्थिन् । नीताको जन्मदिनमा नै २ बर्ष अगाडि सिनेमाको निर्माण घोषणा भएको थियो । तर, नायिका नीता ढुंगानाले यो बर्ष भने कुनै कार्यक्रमको आयोजना गरिनन् ।

नीता नेपाली सिनेमाकी सफल नायिका हुन् । उनले मितिनी सिनेमामा बाल कलाकारको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी थिइन् । यसपछि नीतालाई पछाडि फर्किएर हेर्नु परेको भने छैन । नीताले अभिनय गरेका केही सिनेमा सफल छन् । उनले अभिनय गरेका नोटबुक, भुलभुलैया, छ एकान छ, मसान, पंचायत जस्ता सिनेमाले चर्चा पाए ।

नीताले आफूलाई नृत्य र अभिनयमा अब्बल सावित गरेकी छिन् । उनै, नीता अब आफ्नै प्रोडक्शन कम्पनीबाट सिनेमा बनाउने तयारीमा पनि छिन् । उनले, एउटा भजन गीत पनि गाएकी छिन् । उनै नीता वेव सिरिज बनाउने तयारीमा पनि छिन् । नीताले श्रीमद्भगवद् गीता सिरिज निर्माण गर्न लागेकी हुन् । यो वेव सिरिज निर्माणका लागि २ करोड बजेट लाग्नेछ । उनका अनुसार, सेट तयार गर्न नै समय लाग्ने भएकाले २ महिनापछि मात्र यसको छायांकन सुरु हुनेछ । उक्त सिरिजबाट आएको नाफाको ७० प्रतिशत समाजसेवामा खर्च गर्ने नीताले जन्मदिनको अवशरमा घोषणा गरिन् । नीतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV