अभिनेत्री नम्रता श्रेष्ठको फिल्म चल्ने बेलामा भन्दा अरु बेलामा कुनै चर्चा हुँदैन । किनकी, उनी चर्चा भन्दा बाहिर बस्न नै रुचाउँछिन् । सामाजिक संजालमा फोटो पोष्ट गरेर र दर्शकसँग साक्षात्कार गरेर रमाउने नम्रता सिनेमा चल्दा पनि खुबै लागिपर्छिन् । नम्रताको अभिनयको पनि चर्चा यसकारण हुन्छ ।

अभिनेत्री श्रेष्ठ अहिले निषेधाज्ञा खुकुलो भएपछि लुक्ला पुगेकी छिन् । लुक्लाको चिसो हावा खादै उनले राजधानीको उकुसमुकुसबाट पार पाएकी छिन् । लकडाउन सकिएर सिनेमाको काम कहिलेबाट सुरु हुन्छ भन्ने कुनै सुरसार छैन । यसैले पनि कलाकारहरु अहिले दिक्क छन् ।

यही दिकदारीलाई भुलाउन भए पनि कलाकारहरुले घुमफिरको बाटो रोजेका छन् । नम्रता पनि यसैले हिमालको वरिपरी पुगेकी हुन् कि ?

For More videos Log on to Mazzako TV