गौरव पहारी र मेनुका प्रधानको अभिनिय नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाउँघरै रमाइलो’ बोलको गीतको म्युजिक भिडियो शुक्रबार युटुबममा सार्वजनिक भएको हो । गौरब र मेनुका ‘साइँली’ बाट मज्जाको तारिफ पाएका थिए । दर्शकबाट सर्वाधिक रुचाइएका यो जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् ।

साजन राईको स्वर रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको रुपमा प्रस्तुत छन् ।

गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV