फिल्मको पर्दामा के अभिनेता दयाहाङ राइलाई कुनै निर्माताले रोमान्टिक हिरो बनाएर खेलाउँछन् त ? खेलाउदैनन् । बलियो अभिनय गर्ने यी कलाकार फिल्मको पर्दामा त निकै नै गहकिलो भूमिकामा काम गर्छन् । कबड्डीको सिरिजमा मात्र हो उनी केही हदसम्म रोमान्टिक हुने । दयाबाट दर्शकले अपेक्षा गर्ने अभिनय पनि यस्तै हो । तर, अहिले म्यूजिक भिडियो निर्माताहरु दयालाई भिडियोमा रोमान्टिक बनाएर खेलाइरहेका छन् ।

अभिनेत्रीसँग नाच्दै गरेको, उसँग प्रेमको कुरा गर्दै गरेको, रफटप पहिरन आदि । तर, दयालाई यस्ता भिडियोमा दर्शकले खासै रुचाएको पाइदैन । सिनेमाको पर्दामा गहकिला दयालाई यस्तै भूमिका दिने हो भने उनले सशक्त अभिनय गर्न सक्ने थिए । तर, उनी रोमान्टिक भूमिका नृत्य गरेर भिडियो खेलिरहेका छन् ।

For More videos Log on to Mazzako TV