नेपाली फिल्मका सफल अभिनेता जीवन लुइटेल आज आफ्नो जन्मदिन मनाउँदैछन् । हुनत, जीवन नेपाली फिल्मबाट टाढा भएको केही बर्ष भयो । तर, पनि उनलाई नेपाली फिल्मीकर्मी र दर्शकले विर्सिएका भने छैनन् । करिब एक दशक नेपाली सिनेमामा उनको बाहुल्यता राम्रो रह्यो ।

जीवनलाई सिनेमा नाई नभन्नु लले स्टार बनाएको हो । त्यसअघि पनि उनले केही सिनेमामा काम त गरेका थिए । तर, नाई नभन्नु ल खेलेपछि भने जीवन स्टार भए । यसपछि, उनले नाई नभन्नु ल २, अन्दाज जस्ता फिल्ममा काम गरे । चकलेटी अभिनेता यी धनी मिस्टर नेपाल समेत भएका थिए ।

क्रिकेट र साहित्यमा उनको लगाव थियो । जीवन केही बर्षदेखि अमेरिकामा छन् । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

For More videos Log on to Mazzako TV