फिल्म निर्देशक तथा लेखक छेतन गुरुङको निधन भएको छ । मंगलवार विहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको निर्माता सन्तोष सेनले बताए । उनको लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ फिल्म ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो फिल्म प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता फिल्म ‘हुतुतु’ को तयारीमा थिए । यो फिल्मको उनी आफैंले निर्देशन गर्दै थिए ।

For More videos Log on to Mazzako TV