अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाले सिनेमा चिसो मान्छेमा काम गर्दैछन् । यो सिनेमा दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको सिनेमा हो । सिनेमाको छायांकन सुदुरपश्चिममा हुनेछ । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् ।

सिनेमा चिसो मान्छेमा स्वस्तिमा र अर्पण किन रोजाइमा परे त ? सिनेमामा अर्पण र स्वस्तिमाको उमेर अन्तर ठूलो छ । एक जना पाको उमेरको पुरुष र एक जना भर्खरकी यूवती । यसैले, स्वस्तिमालाई २०–२२ बर्षकी देखाउँदा पनि फरक नपर्ने दिपेन्द्रको वुझाई छ ।

अर्पण भने सिनेमाभित्र सेतो दाह्री पालेको पाको उमेरको मानिसको भूमिकामा देखिदैछन् । यसैले यी दुइको कथा अनुसार, भूमिका सुहाउने भएकाले लिइएको हो ।

For More videos Log on to Mazzako TV