अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता नाजिर हुसेनलाई माया भनेर सम्बोधन गरेकी छिन् । उनले, माया भन्दै सम्बोधन गरेर जन्मदिनको शुभकामना नाजिरलाई दिएकी हुन् । अभिनेता नाजिर आज आफ्नो जन्मदिन मनाउँदैछन् ।

नाजिरको जन्मदिनमा नम्रताले आई मिस यू माया लेखेकी हुन् । सिनेमा गाँठोमा काम गरेपछि नाजिर र नम्रताको प्रेम रहेको चर्चा छ । तर, दुबैले प्रेम स्विकार भने गरेका छैनन् । अहिले नम्रता घरमै व्यायम गरेर शरीर मेन्टेन गरिरहेकी छिन् ।

नाजिर भने म्यूजिक भिडियोमा व्यस्त छन् । नाजिर र नम्रताले प्रेम स्विकार नगरेपनि नम्रताको माया र आई मिस यूले उनीहरु प्रेममा रहेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV